
मेष : विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ।
वृष : आजको दिन परोपकारमा प्रयोग गर्दा उचित हुनेछ । राज्यको निकायमा सेवाको अवसर मिल्नेछ ।
मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । आफन्तसँग बोल्दा सचेत हुनुहोला ।
कर्कट : बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ । मनपर्ने उपहार पाइनेछ ।
सिंह : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कन्या : महत्त्वपूर्ण निर्णय गर्दा परिवारको सल्लाह दिनुहोला । बौद्धिक साथीले सहयोग गर्ने गर्नेछन् ।
तुला : मानसम्मान पाइने दिन रहेको छ । साथीको सल्लाहअनुसार अगाडि बढ्दा फाइदा हुनेछ ।
वृश्चिक : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । सानो कुरा नअल्झिदा राम्रो ।
धनु : सहकार्यबाट गरेको व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुहोला ।
मकर : धनलक्ष्मी योग परेको छ। बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम बन्नेछन् ।
कुम्भ : शुभग्रहको बहुमतले सोचेका कार्यहरू सहजै बन्नेछन् । आफूभन्दा ठूलासँग बोल्दा नम्र बन्नुपर्नेछ ।
मीन : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानी सुधार गर्नु उचित हुनेछ । सामाजिक क्षेत्रमा गरेको कार्यमा प्रशंसा मिल्नेछ ।