
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले खुमलटारमा आज आयोजित एक कार्यक्रममा खेलाडीलाई बिदाइ गर्नुभएको हो । उहाँले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्दै सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी हुनुहुन्थ्यो ।
यही भदौ ८ र ९ गते जापानको टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछन् ।