
काठमाडौँ, भदौ ५ :
मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो ।
आज छापावाला सुन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० मा कारोबार भइरहेको छ ।