
काठमाडौं, फागुन १७ :
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
८४ वर्षीया श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो ।
‘उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ,’ सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेले भने, ‘परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जानकारी गराउनुभएको छ ।’
२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी शारदाले कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’ बाट वकालत अभ्यास थालेकी थिइन् । उनी सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीशसमेत हुन् ।