काठमाडौं, फागुन १७ :

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसिरहेको छ ।

संसद्‌मा अड्किएका अध्यादेशलगायत संसदीय समितिमा छलफल भइरहेका अन्य विधेयक र समसामयिक राजनीति तथा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन् ।

राष्ट्रिय सभामा बहुमत सुनिश्चित नहुँदा अड्किरहेको अध्यादेश पारित गराउने विकल्पबारे बैठकमा छलफल चलिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखापरेका अप्ठ्यारा कसरी समाधान गर्ने, भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिने तयारी छ ।