
देशका सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णालीलगायत देशका पहाडी भू-भागमा साधारणत: देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।
यो पनि…
शुक्रबार देशका अधिकांश भूभागमा वर्षा
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
हेर्नुहोस् ३ दिनको मौसम पूर्वानुमान