
अमेरिकी राष्ट्रपतिको कार्यालयमा चर्को बहस सुरु हुनुभन्दा ठीक अघि, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई एक पत्रकारले सोधे- कि तपाईंलाई किन लडाइँको पोसाक लगाउन मन पर्छ ?
जेलेन्सकीलाई सोधियो, ‘तपाईं किन सुट लगाउनुहुन्न ? के तपाईंसँग सुट छन् ? धेरै अमेरिकीहरूले तपाईंलाई राष्ट्रपति कार्यालयको गरिमाको सम्मान नगरेको गुनासो गरेका छन् ।’
यस प्रश्नको जवाफमा जेलेन्स्की शान्त देखिए । नम्र शैलीमा उनले भने, ‘युद्ध समाप्त भएपछि पनि म यस्तै लुगा लगाउनेछु । सायद तपाईंको जस्तै केही । सायद केही राम्रो लुगा, सायद केही सस्तो लुगा ।’
यो प्रश्न दक्षिणपन्थी मिडिया नेटवर्क रियल अमेरिकाज भ्वाइसका राष्ट्रपति भवनका प्रमुख संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीलाई सोधेका थिए ।
जेलेन्स्कीले सामान्यत: युक्रेनको विशिष्ट प्रतीक अंकित स्वेटसर्ट लगाउँछन् । विश्वका प्रमुख नेताहरूसँगको बैठकमा पनि उनी उस्तै लुगा लगाएको देखिन्छ । -बीबीसी
