
काठमाडौं, फागुन १८ :
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसले युक्रेनमा गैरकानुनी र अनुचित रूपमा आक्रमण गरेको बताएका छन् ।
ट्रुडोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ । लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताका लागि उनीहरूको लडाई सबैका लागि महत्त्वपूर्ण लडाइँ हो ।’
क्यानडाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्ने पनि ट्रुडोले बताएका छन् ।
यसअघि शुक्रबार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकाको भ्रमणमा थिए । जहाँ उनी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच रुस-युक्रेन युद्ध र शान्ति सम्झौताको मुद्दामा चर्को बहस भएको थियो ।
यस विषयमा विश्वभरका देशहरूबाट प्रतिक्रियाहरू आइरहेका छन् ।
