काठमाडौं, फागुन १९ :

सेयर बजारमा उच्छल आएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से ७५ दशमलव २४ अंकले बढेर २८ सय ९० दशमलव २८ अंकमा चढेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४७ अंकले बढेर चार सय ८४ दशमलव ३० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय दुई वटा कम्पनीको एक लाख ३९ हजार पाँच सय ९६ वटा कम्पनीको दुई करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसअनुसार कुल कारोबार रकम १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज १३ समूहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव २५ अंकले घटेर बाँकी समूहको बढेका छन् । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक ३६ दशमलव २९ अंकले बढेर १४ सय ६७ दशमलव ६४ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक दुई सय २२ दशमलव ८८ अंकले बढेर पाँच हजार नौ सय ५३ दशमलव ९५ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि एक सय १९ दशमलव ९६ अंकले बढेर २९ सय २२ दशमलव २४ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक पनि ७५ दशमलव ८३ अंकले बढेर तीन हजार आठ सय ९४ दशमलव ७६ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि ६ सय एक दशमलव ६४ अंकले बढेर १४ हजार पाँच सय ६८ दशमलव ६६ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि चार सय ४२ दशमलव ८९ अंकले बढेर १३ हजार तीन सय ९७ दशमलव शून्य आठ अंकमा पुगेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः दुई सय ८१ दशमलव ६७, तीन दशमलव ४८, तीन सय ५८ दशमलव शून्य चार, ७१ दशमलव ६८, ३७ दशमलव ३७ र ४५ दशमलव ८७ अंकले बढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा हिमालयन डिस्टिलरी प्रालि, गार्डियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स छन् । यी तीनै कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेका छन् । बढी गुमाउने कम्पनीको सूचीमा समाज लघुवित्त वित्तीय संस्था परेको छ । समाजको सेयर मूल्य पनि १० प्रतिशतले नै घटेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने नेपाल पुनर्बिमा कम्पनी परेको छ ।