सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
समाचार

भ्रष्टाचार मुद्दामा बिमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
भ्रष्टाचार मुद्दामा बिमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ
काठमाडौं, फागुन १९ :

नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।  

न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलावाललाई सफाइ दिने फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको, नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सिलवाललाई झुटो जन्ममिति कायम गरी सरकारी ओहोदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको थियो। 

सरकारले लामो समयदेखि रिक्त रहेको त्यस पदमा शरद ओझालाई नियुक्त गरिसकेको छ । एक साताअघि मात्र उनलाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो। सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै अब उनको पद के हुन्छ भन्ने प्रश्न उठेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार