काठमाडौँ, भदौ ६ :

बुधबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्ड बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा रहेको छ।

युरो एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा पुगेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।