
मेष : व्यावसायिक कार्यमा सुधार आउनेछ । पठनपाठनमा रुचि बढ्नेछ ।
वृष : मित्रताको बन्धन कसिलो बन्ने छ । आकस्मिक यात्राबाट लाभ मिल्ने योग रहेको छ ।
मिथुन : नयाँ कामको सुरुवात गर्दा सचेत रहनुपर्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कर्कट : शुभ समाचारले मनमा उत्साह सिर्जना हुनेछ । रातो रङको प्रयोग शुभ रहेको छ ।
सिंह : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला । विश्वास गरेकाले साथ दिनेछन् ।
कन्या : बिहानै मन्दिर जादा मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग छ ।
तुला : नातागोताभित्र भेटघाट हुने अवसर मिल्नेछ । धार्मिक यात्राले आनन्द प्राप्त हुनेछ ।
वृश्चिक : बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । आफन्तको सुझावमा नयाँ कार्यको थालनी हुनेछ ।
धनु : प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनका कार्यक्रममा सहभागी भइएला ।
मकर : स्वादिष्ट भोजनको अवसर मिल्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने दिन रहेको छ ।
कुम्भ : रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नेछ । साँझमा लाभ मिल्ने छ ।
मीन : सवारी साधन गर्ने याेग छ । आफूले गरेको मेहनतबाट आफन्तले लाभ लिन सक्छन् ।