काठमाडौं, फागुन २० :

पशुपतिको बालुवाखानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले  प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मीलाई पक्राउ गरेको हो।

रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् भने जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् ।  जिल्ला अदालतले  श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको थियो ।अर्का स्थानीय विकास अधिकारी जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । 

काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत  राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ । अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरिसकेको छ ।