काठमाडौँ, भदौ ६ :

असुरक्षा लगायतको कारण देखाउँदै महिला टी ट्वान्टी विश्वकप बङ्गलादेशबाट यूएई सारिएको छ।

बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गर्दै महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा गर्ने जनाएको हो। 

१० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म सञ्चालन हुनेछ ।

फाइल फोटो