काठमाडौँ, फागुन २१ :

 

मेष : महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ने दिन छ । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ ।

वृष : शुभ समाचारले हौसला बढाउनेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । 

मिथुन : प्रेमीबाट नयाँ ठाउँको भ्रमणमा जाने प्रस्ताव आउनेछ । आज हरियो रङ शुभ रहेको छ ।

कर्कट : राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

सिंह : सेयर बजार र व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तले दिएको वचन फेरिन सक्छ । 

कन्या : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् । सामाजिक कामका लागि अवसर प्राप्त होला । 

तुला : मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ । वैदेशिक कार्यहरू सहजै सम्पन्न हुनेछन् । 

वृश्चिक : आफन्तको सुझावअनुसार अघि बढ्नु उचित हुनेछ । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । 

धनु : बिहानै पिपलमा पानी चढाएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । साँझमा शुभ समाचारले मनमा शान्ति मिल्नेछ ।

मकर : अविस्मरणीय सम्झनाले दिन बित्नेछ । ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन् । 

कुम्भ : घरमा अतिथिको आगमन हुनेछ । रमाइलो यात्राबाट दीर्घकालिक फाइदा मिल्नेछ ।

मीन : शुभकार्यमा सहभागी भइनेछ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् ।