शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार प्रदेश मधेस प्रदेश

सुनसरीमा हावाहुरी र असिना पानीले कृषि क्षेत्रमा गरेको क्षतिको विवरण सङ्कलन गर्न सुरु 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
सुनसरीमा हावाहुरी र असिना पानीले कृषि क्षेत्रमा गरेको क्षतिको विवरण सङ्कलन गर्न सुरु 
इनरुवा, फागुन २१ :

सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । 

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामार्फत हावाहुरीसँगै असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । उनका अनुसार आइतबार किसानले वडा, पालिकालगायत जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । 

जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट कृषि ज्ञान केन्द्रले क्षतिका विषयमा अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको केन्द्रका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गहुँ, मकै, केरा, बोडी, बन्दागोभी, फूलकोबी, काक्रा, सिमी, तितेकरेलालगायत बालीमा भएको क्षतिको विरण सङ्कलन भइरहेको छ । 

बाह्रैवटै स्थानीय तहबाट आएको विवरणलाई सङ्कलन गरेर प्रदेश र सङ्घीय मन्त्रालयमा पठाइने केन्द्रका प्रमुख सिंहले बताए । हावाहुण्डरी र असिना, पानीले मकैै, केरा, बोडी, बन्दागोभी, फूलगोभी, काँक्रा, सिमी, तितोकरेलालगायत बालीमा क्षति भएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार