
बाजुरा, फागुन २२ :
गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका- ६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।
आज बिहान गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए ।