
काठमाडौं, फागुन २२ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा प्रदर्शन गरेको छ। राष्ट्रिय झण्डासहित राप्रपाले बुधबार मोटरसाइकल र्याली निकालेको हो ।
र्यालीमा सहभागी भएका उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका होलगायत नारा लगाएर लगाएका थिए । बबरमहलमा भेला भएका उनीहरू त्रिपुरेश्वरहुँदै नारायणहिटीसम्म पुगेका थिए।राप्रपाको र्यालीले दिउँसो काठमाडौंमा ट्राफिक व्यवस्थामा समस्या भएको छ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डेलगायत नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।पूर्वराजाको फागुन ७ गतेको सम्बोधनबाट निकै हौसिएको राप्रपाले विभिन्न जिल्ला हुँदै अहिले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।