काठमाडौँ, भदौ ६ :

आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ। 

मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर  १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।