
काठमाडौं, फागुन २३ :
गृह मन्त्रालयले ६ जिल्लामा सीडीओ हेरफेर गरेको छ । जस अनुसार सहसचिव दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा, शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
यस्तै सहसचिव धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी रौतहटमा सरुवा भएका छन्।