आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति भिडियो

सदनमा अमरेशकुमारको आक्रोश- प्रधानमन्त्रीज्यू स्वास्थ्यमन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
सदनमा अमरेशकुमारको आक्रोश- प्रधानमन्त्रीज्यू स्वास्थ्यमन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्
काठमाडौं, फागुन २३ :

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले वरिष्ठतम् अधिकारीलाई पाखा लगाएर कनिष्ठलाई स्वास्थ्य सचिव बनाएको भन्दै मन्त्री पौडेलको राजीनामा माग गरेका हुन् ।

स्वास्थ्यमन्त्रीले मन्त्रालयका वरिष्ठ सहसचिव डा. संगिता मिश्रलाई सचिवमा बढुवा नगरी संविधान च्यात्ने काम गरेको आरोप पनि लगाए । सांसद सिंहले डा. मिश्रसँग आफ्नो कुनै चिनजान नभए पनि उनी मधेसीको आस्थाको प्रतीक भएको बताए । ‘संगिता मिश्रको गल्ती मधेसमा जन्मिनु थियो कि महिला भएर ?’ सभामुखलाई सम्बोधन गर्दै संसद्‌मा सिंहले प्रश्न गरे ।

कुलमानलाई जस्तै डा. मिश्रलाई पनि सरकारले त्यस्तै व्यवहार भन्दै सिंहले स्वास्थ्यमन्त्रीको राजीनामा मागे ।  साथै उनले प्रधानमन्त्रीले तत्काल स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न संसद्‌मार्फत ध्यानाकर्षण पनि गराए । उनले भने, ‘स्वास्थ्यमन्त्री मैले पढाएको विद्यार्थी हो । तर, उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै शाखामा प्रमुख भएर मधेसी रहँदैन, मलाई सरकारप्रति शंका छ।’

उनले यही कांग्रेस-एमालेको सरकारले माघ १९ को घटना गरेको गम्भीर आरोप पनि लगाए । फेरि प्रतिगमनकारीसँग मिलेर मधेसी,दलित, जनजाति र महिलाहरुलाई संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै, कुल्चदै एकल जाति, एकल समुदायको नेतृत्व गर्न खोजेर प्रतिगमन आह्वान गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

मन्त्रिपरिषद्को हिजो (बुधबार) को बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्ति गरेको थियो । सिफारिस समितिले डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेकी डा. संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार