महोत्तरी, फागुन २३ :

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्थानीयको मागअनुसार नै पाथीभरामा केबलकार निर्माण कार्यलाई अघि बढाइएको बताएका छन् ।

महोत्तरीको गौशालामा आइएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इण्डष्ट्रिजको उद्घाटन कार्यक्रममा ढकालले स्थानीयको यातायातको अवस्थामा सुधार ल्याउन मेगा परियोजनाको रूपमा केबलकार निर्माणलाई अघि बढाइएको र अवरोध हुँदा चिन्ता बढाएको बताए ।

पाथीभरामा केबुलकार निर्माण हुँदा जिल्ला बाहिरबाट गएका हुलले अवरोध गरे र निजी लगानीमा हस्तक्षेप हुँदा व्यवसायी चिन्ता बढाएको उनको भनाइ छ ।

प्रकृतिले दिएको अपार सम्भावनालाई सदुपयोग गरेर मुलुकको अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिने जनाउँदै उनले  पूर्वाधार विकासमा राजनीति नगरिदिन आग्रह गरे ।

प्रयोगमा आएको कागजलाई प्रशोधन गरी नयाँ कागज बनाउने उद्योग आइएमई ग्रुपले गौशालामा स्थापना गरेको छ ।