काठमाडौं, फागुन २३ :

जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको युफोर ५०६ उडान नम्बरको एटीआर जहाज पाङ्ग्राबिनै विमानस्थलमा सकुशल अवतरण गरेको छ।

उडानको क्रममा अगाडिको एउटा पाङ्ग्रा छुटेको थाहा नभए पनि, जहाजको चालक दलले सुरक्षित रूपमा काठमाडौं विमानस्थलमा अवतरण गराएका छन्।

उक्त जहाज ४ बजेर ३९ मिनेटमा जनकपुरबाट उडेको थियो र ५ बजेर ६ मिनेटमा काठमाडौं अवतरण गर्दा पाङ्ग्रा थिएन। पछिमात्र थाहा भयो कि पाङ्ग्रा जनकपुरमै छुटेको थियो। विमानमा ६२ यात्रु सवार थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले घटना बारे जाँचबुझ गरिरहेको छ।