
मेष : बिहान उठेर सरस्वतीको वन्दना गर्नु राम्रो हुनेछ । प्रशंसा बढ्ने दिन भएकाले मन प्रफुल्लित हुनेछ ।
वृष : कार्यक्षेत्रमा सहयोग मिल्नेछ । ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ ।
मिथुन : सोचेका काम बन्नेछन् । गणेश भगवानको पूजा गर्नु फलदायी हुनेछ । स्वदेशमा लगानीका अवसर मिल्नेछ ।
कर्कट : आज तपाईंको दिन सामान्य रहेको छ । सन्तान सुख मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।
सिंह : स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछन् ।
कन्या : आजको दिन कम बोल्नु उचित हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । मिठो भोजन मिल्ने योग छ ।
तुला : सानातिना कुराले मनमा खटपटी आउने छ । बढी तर्क नगर्नुहोला । पारिवारिक सम्बन्ध भने सहज रहनेछ ।
वृश्चिक : सानातिना कुराबाट मनमा खिन्नता बढ्नेछ । थोरै बोल्नु उचित हुनेछ । परिवारमा सबै कुरा खोल्दा धोका हुनसक्छ ।
धनु : आज सम्पत्ति जम्मा गर्ने दिन छ । थोरै लगानी गरेपनि व्यापारमा फाइदा हुनेछ । आजको यात्रा छोटो र सहजपूर्ण हुनेछ ।
मकर : स्वास्थ्यले साथ दिने छ । परिवारको सहयोग मिल्नेछ। गणेश भगवानको सम्झना गरे दिन सहज बन्नेछ ।
कुम्भ : बिहान पिपलमा पानी चढाँउनुहोला । मनमा प्रसन्नता हुनेछ । नयाँ काम मिल्नेछ । उपहार पाइने दिन छ ।
मीन : राम्रा काम गर्ने मौका मिल्नेछ । परिवारमा भने तपाईंको साथ सहयोग मिल्नेछ । घुमघामको योजना बन्ने छ ।