काठमाडौँ, फागुन २४ :

काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । 

आज बिहान हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे रङ्गीचङ्गी होलीको चीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। 

चीर ठड्याएसँगै देशभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको जनाऊँ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।

होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसियालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ । 

यस वर्ष फागु पूर्णिमा (होली) यही फागुन २९ गते पहाडमा र चैत एक गते तराईका जिल्लाहरूमा मनाइदै छ ।