
दाङ, भदौ ६ :
दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- १३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनीहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो ।