बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति मधेस प्रदेश

माओवादीको जागरण अभियान : सडकमा स्वागत, चोकचोकमा सभा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
माओवादीको जागरण अभियान : सडकमा स्वागत, चोकचोकमा सभा
तस्बिर : माओवादी अध्यक्ष दाहालको सचिवालय
सर्लाही, फागुन २४ :

नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज (शुक्रबार) सर्लाही पुगेको छ ।

झापाको कचनकवलबाट फागुन १२ गते सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ । अभियानका क्रममा सडकैमा माओवादी अध्यक्षसहितका नेताहरुलाई सर्वसाधारणले फूलमालाले स्वागत गरेका छन् । स्वागतपछि चोकचोकमा चोकसभा हुने गरेको पनि सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार