नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने बताएका छन् ।
आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले स्थानीय तह जनताकाे सबैभन्दा नजिकको सरकार भएकोले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिनपर्नेमा जोड दिए ।
यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने देउवाले उल्लेख गरे ।
स्थानीय तह जनताको पहुँचको पहिलो सरकार भएको र जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुने सभापति देउवाको भनाइ छ ।
स्थानीय तह दैनिक काममा जनतासँग सोझो सरोकार राख्ने भएकाले प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने देउवाको सुझाव छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
प्रतिकूल मौसमका कारण कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए