काठमाडौँ, फागुन २५ :

नारायणगढ- बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ ।

गएराति ट्रक र बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति नभएपनि ठोक्किएका सवारीका कारण राजमार्गमा अन्य सवारी साधनको लाइन लागेको प्रहरीले जनाएको छ ।

अहिले ठोक्किएका ट्रक र बस गाडी हटाउने प्रयास भइरहेको जनाइएको छ ।