नवलपरासी, फागुन २५ :

दाउन्नेमा बस र ट्रक ठोक्किएर अवरुद्ध बनेको पूर्व- पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

राजमार्गको ८४ मोड भन्ने ठाउँमा शनिबार बिहान काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४१३८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८५७५ नम्बरकाे ट्रक ठोक्किएको थियो ।

बसमा सामान्य क्षति भएको र दुबै सवारीलाई हटाएपछि राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।