बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

महिला अधिकारमा नेपाल अरू देशभन्दा अगाडि छ : देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
महिला अधिकारमा नेपाल अरू देशभन्दा अगाडि छ :  देउवा
काठमाडाैं, फागुन २५ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल महिला अधिकारका क्षेत्रमा अन्य देशहरूभन्दा अघि रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा उनले नेपालमा महिलाहरूलाई अधिकार मात्र नभई जिम्मेवारी समेत दिइएको बताए।

सभापति देउवाले नेपालमा हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको उल्लेख गर्दै भने, ‘यहाँ महिलाहरूले देशकै नेतृत्व गर्ने अवसर पाएका छन्। अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन। अब थप समानता, अधिकार र सशक्तीकरणका लागि सबै मिलेर अघि बढ्नुपर्छ।’

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महिला अधिकारको कानुनी आधार बलियो भए पनि यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्। उनका अनुसार पार्टी र राज्यका हरेक तहमा महिलाहरूको निर्णायक भूमिका सुनिश्चित गर्न सबैले ध्यान दिनुपर्ने छ।

यसैगरी, कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले महिलाहरूलाई टोल, वडा तथा सामाजिक क्षेत्रमा सशक्त बनाउँदै आर्थिक रूपले सक्षम बनाउनुपर्ने बताए। शिक्षा, स्वास्थ्य र आयमूलक क्षेत्रमा महिलाको सक्रिय सहभागिता आवश्यक रहेको उनको धारणा थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार