
मेष : अधुरा काम पुरा हुने दिन छ । नयाँ कार्यको योजना बन्नेछन् ।
वृष : वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् ।
मिथुन : नम्र बोलीकै कारण नयाँ कामको अवसर मिल्नेछ । साँझ नजिकैको यात्रा निस्कने योजना बन्नेछ ।
कर्कट : आफन्तसँगको भेटघाटमा दिन बित्नेछ । शुभ समाचारले मनमा उत्साह बढ्नेछ ।
सिंह : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइले प्रशंसा गर्नेछन् ।
कन्या : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।
तुला : गरिरहेको काममा सफलता मिल्नेछ । विश्वासपात्रसँग सबै कुरा नखोलेको राम्रो ।
वृश्चिक : सहकार्यमा गरेको व्यवसायबाट आम्दानी हुनेछ । सांस्कृतिक कार्यक्रममा सहभागी हुने दिन छ ।
धनु : धैर्य एवं लगनशीलताले राम्रो अवसर प्राप्त हुनेछ । बिहानै पिपलको दर्शन गर्नु उचित होला ।
मकर : घरमा नयाँ सामान जोड्ने दिन रहेको छ । आज निलो रङको प्रयोग शुभ रहेको छ ।
कुम्भ : नजिकैका साथीको सल्लाहमा गरेको कामले सफलता मिल्नेछ । रमणीय यात्राको योग छ ।
मीन : सरकारी सेवामा भए सरुवा हुने योग रहेको छ । अकस्मात् लामो यात्रामा निस्कनुपर्ने दिन छ ।