काठमाडौँ, फागुन २६ :

सुदूरपश्चिम प्रदेश सभा बैठक आज बस्दै छ ।

बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैछन् । 

बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुका साथै ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

ओलीले आजै धनगढी उपमहानगरपालिका- ८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम छ ।