काठमाडौँ, फागुन २६ :

पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शन हुने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एक साताको पोखरा बसाइँपछि काठमाडौं फर्किंन लागेका उनलाइ राजावादी दल तथा विभिन्न समूहहरुले स्वागतमा प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनलाई मध्यनजर गरी सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहानैदेखि नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका क्षेत्र तथा मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदर्शनका क्रममा भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने भन्दै आवश्यक सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

पूर्वराजा शाह पोखराबाट आज दिउँसो काठमाडौं आउने तयारी छ ।