काठमाडौँ, फागुन २६ :

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे बस्ने बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ ।