
काठमाडौँ, भदौ ७ :
बिहीबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।