बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ#प्रधानसेनापति#अशोकराज सिग्देल#डिल्लीरमण#गिरीबहादुर सुनार#प्रस्तावित राजदूत #खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ#प्रधानसेनापति#अशोकराज सिग्देल#डिल्लीरमण#गिरीबहादुर सुनार#प्रस्तावित राजदूत
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे : राजावादीले गरे भव्य स्वागत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे : राजावादीले गरे भव्य स्वागत
काठमाडौं, फागुन २६ :

पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) पोखराबाट काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि उनका समर्थकहरूले  स्वागत गरे। 

विमानस्थल बाहिर निस्कँदा उनलाई शुभकामना दिने समर्थकहरुले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’ जस्ता नाराहरू लगाउँदै स्वागत गरेका थिए । शाह समिट एयरको चार्टर्ड विमानबाट अपराह्न काठमाडौँ आइपुगेका हुन्।

विमानस्थलमा शाहसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, र कमल थापा लगायतका नेताहरूले भेट गरेका थिए। उनीहरूबीचको भेटमा आगामी राजनीतिक कार्यक्रम र योजनाबारे छोटो चर्चा भएको थियो।

पूर्वराजालाई राप्रपा र अन्य राजसंस्थासम्बद्ध दलहरूले  र्‍याली, झाँकी र बाजागाजासहित विमानस्थलबाट निर्मल निवाससम्म पुर्याउँदै छन्। विमानस्थल परिसरमा  पूर्वराजाका समर्थकहरूको ठुलो भिड जम्मा भएको थियो। राप्रपा र अन्य दलका नेताहरूको उपस्थिति विमानस्थलमा विशेष थियो।

अप्रिय घटना हुन नदिन काठमाडौंको सुरक्षा व्यवस्था कडा गरिएको छ । यसैगरी, प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले फागुन ७ गते दिएको अभिव्यक्ति पछि राजनीतिक दलका शीर्ष नेताहरूले आपत्ति जनाएका थिए। उनीहरूले आगामी चुनावमा सहभागी भएर राजनीतिक भूमिकामा आउने चुनौती दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार