
मेष : मनपर्ने व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ।
वृष : घरायसी कार्य अगाडि बढ्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ ।
मिथुन : अचल सम्पत्ति हात पर्ला । व्यापार व्यवसायबाट फाइदा हुनेछ ।
कर्कट : परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कामको सुरुवात गर्ने दिन छ।
सिंह : भोकालाई भोजन गराउँदा उचित हुनेछ । पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
कन्या : ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका क्रममा भ्रमण गर्ने मौका मिल्नेछ ।
तुला : लामो समयदेखिको प्रयासले ठूलो काम सम्पादन हुनेछ । परिश्रमअनुसार उपलब्धि राम्रो मिल्नेछ ।
वृश्चिक : आफन्तसँगकाे भेटघाटमा नयाँ योजना बन्नेछ । प्रेम सम्बन्धका लागि प्रस्ताव आउनेछ ।
धनु : सामाजिक र धार्मिक कार्यबाट आनन्द महसुस हुनेछ । स्वास्थ्यमा सुधार आउनाले मन शान्त रहनेछ ।
मकर : आफ्नै विवेकले लक्ष्य पहिल्याउन सकिनेछ । आज गुलाबी रङको प्रयोग गर्दा भाग्य चम्किने छ ।
कुम्भ : शुभ समाचारले मनमा प्रसन्नता छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।
मीन : आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । मनोरञ्जनमा सहभागी भइनेछ ।