मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
राजनीति

राजावादीले फोहोर गरेको भन्दै महानगरले तोक्यो राप्रपालाई एक लाख जरिवाना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
राजावादीले फोहोर गरेको भन्दै महानगरले तोक्यो राप्रपालाई एक लाख जरिवाना
काठमाडाैं, फागुन २६ :

काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा फोहोरमैला र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।

महानगरले आइतबारको जुलुसपछि राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशालालगायतका क्षेत्रमा फोहोर गरिएको तथा सडक, सडकपेटी, ट्राफिक आइल्यान्ड र रेलिङमा भौतिक क्षति पुर्याइएको उल्लेख छ। यसलाई फोहोर-मैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०५१ अन्तर्गत जरिवाना गरिएको महानगरले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किएपछि उनका समर्थकहरूले काठमाडौँमा भव्य स्वागत गर्दै नाराजुलुस निकालेका थिए । जुलुस विमानस्थलबाट सुरु भएर निर्मल निवाससम्म पुगेको थियो ।

यस्तै, नेकपा (एमाले) लाई पनि गत मंसिर ७ गते दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहोरमैला फैलाएको भन्दै एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार