शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति भिडियो

न्यायाधीशहरुले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
न्यायाधीशहरुले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी निर्णय गर्नुपर्छ :  प्रधानन्यायाधीश राउत
काठमाडौं, फागुन २७ :

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्यायपर्ने गरी काम गर्नुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्दै उनले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

‘महिला न्यायाधीशको उपस्थितमा गौरव गरिरहँदा न्यायको स्वच्छता, विवेकपूर्ण निर्णय जरूरी छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘न्यायको उपभोक्तालाई न्यायपर्ने गरी, न्यायालयको गरिमा र  मर्यादालाई ध्यानमा राखेर काम गर्न जरूरी छ ।’ उनले महिला न्यायाधीशलाई घर, परिवार, न्याय सम्पादनको काम गर्नुपर्ने जिम्मेवारी भए पनि मेहनत गरेमा निसन्देह सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पछिल्लो तीन वर्षमा महिला न्यायाधीशको उपस्थित राम्रो हुँदै गएको र महिला न्यायाधीशमा क्षमता, साहस र अध्ययन जरूरी भएको बताइन्। उनले न्यायिक निर्णय गर्दा न्याय पर्नेगरी निर्धक्क भएर गर्नुपर्ने र त्यसका लागि महिला न्यायाधीश अब्बल हुनुपर्नेमा जोड दिइन् ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायको सेवा दिने बेलामा महिला न्यायाधीश मात्रै संवेदनशील हुन्छन्, भन्ने नभए पनि महिला न्यायाधीशको उपस्थित महत्त्वपूर्ण भएको बताए । उनले क्षमताको प्रश्न आउँदा महिला न्यायाधीशको मात्रै बढी आउने भएकाले क्षमता अभिवृद्धि, अध्ययनमा बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले गुणस्तरीय न्यायका लागि यस्ता सम्मेलन जरूरी भएको र न्याय सम्पादनमा समेत सहज हुने बताए । 

न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरले न्यायिक क्षेत्रमा महिला सहभागिता र न्यायालयमा लैङ्गिक समानता दिलाउन आवश्यक छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

सम्मेलनमा ५० जना देशभर कार्यरत महिला न्यायाधीश र १० जना पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीश गरी ६० जनाको सहभागिता रहेको छ । 
सम्मेलनमा प्रथम महिला प्रधानन्यायाधीश कार्कीलाई न्याय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानन्यायाधीश राउतले सम्मान गरेका थिए ।

सम्मेलनमा न्यायापालिकामा समावेशीता र महिला न्यायाधीशको प्रतिनिधित्व, चुनौती र सम्भावनाका विविध विषयमा छलफल भइरहेको छ । यसअघि, गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार