मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
राजनीति

राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना
काठमाडौं, फागुन २७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।  

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा सुशासन र विधिको शासनमा विश्वास गर्ने जनाउँदै सोमबार महानगर प्रहरी प्रमुखलाई भेटेर महानगरको बैंक खातामा जम्मा गरेको जरिवानाको रसिद बुझाएका छन्।

‘हामी राप्रपा सुशासन र विधिको शासनमा विश्वास गर्छौं, शाहीले भने,‘राजाको स्वागतमा लाखौं नागरिक हिँडिरहेका थिए, र यदि सडकमा केही कुल्चिए पनि, हामी महानगरपालिकाको निर्णयलाई स्वीकार्छौं। यसैले, हामीले एक लाख रुपैयाँ काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा आइतबार काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति भएको कारण देखाउँदै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार