शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

राजतन्त्र पक्षधरलाई काउन्टर : गणतन्त्रवादीलाई एकता एकबद्ध हुन एकीकृत समाजवादीको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
राजतन्त्र पक्षधरलाई काउन्टर : गणतन्त्रवादीलाई एकता एकबद्ध हुन एकीकृत समाजवादीको आह्वान
फाइल तस्बिर।
काठमाडौं, फागुन २७ :

एकीकृत समाजवादीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टी सचिवालय बैठकले  राजावादी शक्तिहरू सलबलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।

‘यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू जुन ढंगले सलबलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका विरुद्धमा षड्यन्त्र भइरहेका छन् , उनले भने, ‘ यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन ।'

चैत्र १ गते पत्रकार सम्मेलन गरेर रोजगारी र सुशासनको निम्ति गरिने आन्दोलनको रूपरेखाबारे जानकारी दिने बताइएको छ ।बैठकमा वर्तमान परिस्थितिबारेमा समेत छलफल भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार