मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

काठमाडौंका यी ठाउँमा दुई महिनासम्म धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने (सूचीसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
काठमाडौंका यी ठाउँमा दुई महिनासम्म धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने (सूचीसहित)
काठमाडौं, फागुन २७ :

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरि दुई महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सोआसपासका क्षेत्रमा विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने पनि आदेशमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार