काठमाडौँ, फागुन २८ :

 

मेष : परोपकारजन्य कार्यमा सहभागी भइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । 

वृष : आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् । वैदेशिक रोजगारीका लागि यात्रा अघि बढ्नेछ । 

मिथुन : समुहमा गरेको व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट : आस मारिसकेको काम बन्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले अवसर प्राप्त हुनेछ । 

कन्या : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।

तुला : गरेका काममा धेरै समयपछि सफलता हात पर्नेछ । विश्वासपात्रसँग सबै कुरा नखोलेको राम्रो । 

वृश्चिक : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला । 

धनु : सामाजिक र कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ ।

मकर : अभिभावकले सल्लाहमा नयाँ काम गर्ने जाँगर चल्नेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

कुम्भ : अर्काको सल्लाह मान्दा झन्झटिलो काममा संलग्न हुनुपर्ला । दिउँसोपछि रमणीय यात्राको योग छ ।

मीन : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अधुरा काम फत्ते हुनेछन् ।