
काठमाडौँ, फागुन २८ :
समाजवादी मोर्चाले संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय गर्ने भएको छ ।
हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले आज (मङ्गलवार) ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।
हिजो बसेको माओवादी केन्द्र तथा एकीकृत समाजवादीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेका थिए ।