बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

पुल नहुँदा बालबालिकाहरुलाई विद्यालय जान जोखिम

· बिहीबार, ७ भदौ, २०८१ मा प्रकाशित
पुल नहुँदा बालबालिकाहरुलाई विद्यालय जान जोखिम
कैलाली, भदौ ७ :

 

कैलालीको कालेखोलामा पुल नहुँदा बालबालिकाहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन् । 

खासगरी वर्षाको समयमा चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जानुपर्ने अवस्था छ ।

पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो विद्यालय पुर्याउने र ल्याउने गर्दै आएका छन् । 

विद्यार्थी निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको  छ । ठूलो पानी पर्ने बित्तिकै बालबालिकाहरु विद्यालय नै आउँदैनन् ।

गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीयहरुको भनाई छ । 

चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।
 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार