धनगढी, फागुन २८ :

गृहमन्त्री रमेश लेखकले आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालीन गोदामघरमा आवश्यक विपद् सामग्री उपलब्ध गराइने बताए ।

सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकारको भएको उनले बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने भन्दै गृहमन्त्री लेखकले विपद्‌को समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।