मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

आपतकालीन गोदामघरको जिम्मा प्रदेश सरकारलाई : गृहमन्त्री लेखक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
आपतकालीन गोदामघरको जिम्मा प्रदेश सरकारलाई : गृहमन्त्री लेखक
धनगढी, फागुन २८ :

गृहमन्त्री रमेश लेखकले आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालीन गोदामघरमा आवश्यक विपद् सामग्री उपलब्ध गराइने बताए ।

सरकारले प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकारको भएको उनले बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने भन्दै गृहमन्त्री लेखकले विपद्‌को समयमा प्रदेश सरकारसँगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार