काठमाडौँ, भदौ ७ :

बिहीबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँ रहेको सुन आज १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १८ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।