
नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन २० दशमलव ६८ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि ३२ दशमलव २१ अंकले घटेर २७ सय १९ दशमलव २० अंकमा झरेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले घटेर चार सय ५६ दशमलव ४७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीको ९२ हजार ३१ पटकको कारोबारमा एक करोड ५५ लाख ५९ हजार ६ सय ८३ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा विकास बैंक समूहको सूचक एक सय ११ दशमलव ५७ अंकले बढेर पाँच हजार आठ सय ७९ दशमलव ३१ अंकमा चढेकोमा बाँकी समूहहरुको सूचक भने उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ९० अंकले घटेर १३ सय ८२ दशमलव ४४ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि ४२ दशमलव ७९ अंकले घटेर २६ सय ६८ दशमलव ४४ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि ५५ दशमलव ९१ अंकले घटेर तीन हजार ६ सय २६ दशमलव ४१ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक एक सय ८२ दशमलव ४४ अंकले घटेर १३ हजार सात सय ४८ दशमलव ९४ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि एक सय २७ दशमलव ६० अंकले घटेर १२ हजार सात सय २० दशमलव सात अंकमा झरेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ७५ दशमलव ६०, दुई दशमलव शून्य सात, एक सय ८६ दशमलव ४६, ४५ दशमलव ४५, शून्य दशमलव शून्य दुई, ४१ दशमलव ३४ र ७४ दशमलव ९४ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा महालक्ष्मी विकास बैंक परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।