आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

बीएलएको नियन्त्रणमा ४५० यात्रु चढेको रेल

बीएलएको नियन्त्रणमा ४५० यात्रु चढेको रेल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
बीएलएको नियन्त्रणमा ४५० यात्रु चढेको रेल
इस्लामबाद, फागुन २८ :

पाकिस्तानको बलुचिस्तान क्षेत्रमा ४५० जना यात्रु चढेको जाफर एक्सप्रेस रेलको अपहरण गरिएको छ । बलुच लिबरेसन आर्मी (बीएलए) ले रेलमा गोलाबारी गर्दै नियन्त्रणमा लिएको पुष्टि भएको छ ।

क्वेटाबाट पेसावर जाँदै गरेको रेलमा भएको आक्रमणमा रेल चालक घाइते भएको र रेलमा सवार चार सयभन्दा बढी यात्रुहरूसँगै रहेको बीबीसीले  जनाइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले घटनास्थलमा नेटवर्क समस्या भएकाले रेल चालक दलसँग कुनै सम्पर्क गर्न नसकेको जानकारी दिएका छन् ।

यस घटनामा हालसम्म प्राप्त जानकारीअनुसार, रेल चालक घाइते भएको र आक्रमणकारीहरूले हतियार प्रयोग गरेर रेल रोकिदिएका छन् । बीएलएले चेतावनी दिँदै भनेको छ कि यदि सैन्य कारबाही गरियो भने उनीहरूको नियन्त्रणमा रहेका सबै यात्रुहरूको हत्या गर्ने धम्की पनि दिएको छ ।

घटनास्थलमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको खबर छ । यो घटनाले बलुचिस्तानको सुरक्षा अवस्था र स्थानीय अधिकारीहरूको चुनौतीलाई पुनः उजागर गरेको छ । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार