
पाकिस्तानको बलुचिस्तान क्षेत्रमा ४५० जना यात्रु चढेको जाफर एक्सप्रेस रेलको अपहरण गरिएको छ । बलुच लिबरेसन आर्मी (बीएलए) ले रेलमा गोलाबारी गर्दै नियन्त्रणमा लिएको पुष्टि भएको छ ।
क्वेटाबाट पेसावर जाँदै गरेको रेलमा भएको आक्रमणमा रेल चालक घाइते भएको र रेलमा सवार चार सयभन्दा बढी यात्रुहरूसँगै रहेको बीबीसीले जनाइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार, क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले घटनास्थलमा नेटवर्क समस्या भएकाले रेल चालक दलसँग कुनै सम्पर्क गर्न नसकेको जानकारी दिएका छन् ।
यस घटनामा हालसम्म प्राप्त जानकारीअनुसार, रेल चालक घाइते भएको र आक्रमणकारीहरूले हतियार प्रयोग गरेर रेल रोकिदिएका छन् । बीएलएले चेतावनी दिँदै भनेको छ कि यदि सैन्य कारबाही गरियो भने उनीहरूको नियन्त्रणमा रहेका सबै यात्रुहरूको हत्या गर्ने धम्की पनि दिएको छ ।
घटनास्थलमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको खबर छ । यो घटनाले बलुचिस्तानको सुरक्षा अवस्था र स्थानीय अधिकारीहरूको चुनौतीलाई पुनः उजागर गरेको छ । -बीबीसी